You are viewing the translated version of बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता.

Section 11
बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता
(१) प्रत्येक आर्थिक वर्षको लागि यस ऐन बमोजिम विनियोजन/विधेयक पेश गर्नुभन्दा कम्तीमा पन्ध्र दिन अगावै अर्थ मन्त्रीले, विनियोजन विधेयकमा समावेश हुने नेपाल सरकारको बजेट तथा ८ कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण सङ्घीय संसद्‌मा प्रस्तुत गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताको विवरण सङ्घीय संसद्मा पेश भएपछि सङ्घीय संसद्ले सो उपर सैद्धान्तिक छलफल गरी त्यसमा कुनै विषय समावेश गर्नु पर्ने, हटाउनु पर्ने वा सो सम्बन्धी कुनै: सुझाव वा निर्देशन दिन आवश्यक देखेमा सात दिनभित्र त्यस्तो सुझाव तथा निर्देशन अर्थ मन्त्रालयमा पठाउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिमा कुनै सुझाव वा निर्देशन प्राप्त नभएमा बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिन बाधा पर्ने छैन।
(४) अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि आय व्ययको अनुमान तयार गर्नु अघि सङ्घीय संसदमा पेश गर्ने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताको सम्बन्धमा सम्बन्धित विज्ञ वा सरोकारवालासँग आवश्यक परामर्श गर्नु पर्नेछ।